माइक्रो बस दुर्घटनामा १० जना गम्भीर घाइते

माइक्रो बस दुर्घटनामा १० जना गम्भीर घाइते

बिहिवार, कार्तिक २६ २०८३
बिहिवार, कार्तिक २६ २०८३
  • माइक्रो बस दुर्घटनामा १० जना गम्भीर घाइते

    काठमाडौं । मकवानपुरको भिमफेदी नजिकै माइक्रो बस दुर्घटनामा परेर १० जना गम्भीर घाइते भएका छन् । काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको माइक्रोबस दुर्घटनामा परेको हो ।

    घटनास्थलमै रहेका नेपाल प्रहरीका सई दीपेन्द्र ढकालका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएका १० जनालाई अस्पताल पठाइएको छ ।  अन्यको खोजी भइरहेको छ ।

    दुर्घटनास्थल भीरमा भएकोले खोजीमा समस्या भएको ढकालले बताए । आज बिहान करिब पौने ६ बजे काठमाडौं –कुलेखानी–भीमफेदी सडक खण्डअन्तर्गत भीमफेदी गाउँपालिका–६ चिसापानी गढी नजिकै दुर्घटनामा परेको हो ।

    प्रहरीका अनुसार माइक्रोबस सडकबाट करिब ५०० मिटर तल खसेको छ । दुर्घटनामा परी घाइते भएकाहरूको नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले उद्धार गरिरहेको छ । दुर्घटनमा परेको माइक्रोबसको नम्बर खुल्न नसकेको र माइक्रोबसमा करिब १४ जना यात्रु रहेको हुन सक्ने अनुमान गरिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij