भोटेकोशी बाढीपछि पुनर्निर्माणमा जुट्दै बागमती, ६ प्रदेशसँग सहयोगको आह्वान

भोटेकोशी बाढीपछि पुनर्निर्माणमा जुट्दै बागमती, ६ प्रदेशसँग सहयोगको आह्वान

मंगलवार, आश्विन १३ २०८३
मंगलवार, आश्विन १३ २०८३
  • भोटेकोशी बाढीपछि पुनर्निर्माणमा जुट्दै बागमती, ६ प्रदेशसँग सहयोगको आह्वान

    चितवन । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले भोटेकोशी बाढीको प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि अन्य प्रदेशसँग सहयोगको आह्वान गरेका छन् ।

    जिल्ला समन्वय समिति चितवनले मंगलबार आयोजना गरेको समीक्षा बैठकलाई सम्बोधन गर्दै उनले बागमती प्रदेशको महाविपत्तिमा सहयोग गर्न देशका अन्य ५ प्रदेशलाई अनुरोध गरिएको बताएका हुन् ।

    ‘एक प्रदेशलाई पर्दा अर्को प्रदेशले सहयोग गर्नुपर्छ मुख्यमन्त्रीज्यू भनेर प्रस्ताव राख्दा सबै प्रदेशका मुख्यमन्त्रीज्यूहरू सकारात्मक हुनुहुन्छ,’ मुख्यमन्त्री थापामगरले भने ।

    यही असोज २१, २२ र २३ गते सातवटै प्रदेशको मुख्यमन्त्रीहरू सहितको बैठक बस्न लागेको बताउँदै उनले सोही बैठकमा बागमती प्रदेशले पूर्वाधार निर्माणका लागि प्रस्ताव राख्ने बताए ।

    बागमती प्रदेशका १५ वटा पालिका प्रभावित भएको जानकारी दिँदै त्यसबाहेकका १०४ वटा पालिकासँग पनि सहयोगका लागि आह्वान गरिएको बताए ।

    ‘प्रदेश सरकार पुनर्निर्माणतर्फ अग्रसर भएर लाग्दैछ । यसमा हामी सबै खटिन्छौँ,’ मुख्यमन्त्री थापामगरले भने, ‘हातमा हात मिलाएर तपाईँहरूले साथ दिनुहुन्छ भन्ने मैले आशा गरेको छु ।’

    चितवनका सातवटा पालिकाले त्यहाँ कम्तीमा एउटा महत्त्वपूर्ण पुनर्निर्माणको काम गर्नेमा आफू आशावादी रहेको उनले बताए ।

    स्थानीय तहले प्रभावितहरूलाई अस्थायी बसोबास गराउनका लागि नयाँ ठाउँ खोजिसकेपछि पुनर्निर्माणका लागि भौतिक पूर्वाधार, खानेपानी, स्वास्थ्यचौकी, अस्पताल बनाउने कामहरूमा तीनै तहको सरकार मिलेर अघि बढ्ने उनले जानकारी दिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij