एकैदिन ११ हजार ७ सयले घट्यो सुनको मूल्य, कतिपर्छ तोलाको ?

एकैदिन ११ हजार ७ सयले घट्यो सुनको मूल्य, कतिपर्छ तोलाको ?

आइतवार, कार्तिक ८ २०८३
आइतवार, कार्तिक ८ २०८३
  • एकैदिन ११ हजार ७ सयले घट्यो सुनको मूल्य, कतिपर्छ तोलाको ?

    काठमाडौं । सुनको मूल्य आज प्रतितोला ११ हजार ७ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, लामो दसैं बिदापछि खुलेको सुनको मूल्य ह्वात्तै घटेको हो । 

    अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेसँगै नेपाली बजारमा दसैंपछि सुनको मूल्य उच्च दरले घटेको महासंघले जनाएको छ । आज सुनको मूल्य प्रतितोला २ लाख ७८ हजार ५ सय रुपैयाँमा कारोवार भइरहेको छ । 

    यसअघि गत सोमबार सुन प्रतितोला २ लाख ९० हजार २ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । सोमबारयता आजै नयाँ मूल्य तय भएको हो । 

    त्यस्तै चाँदीको भाउ प्रतितोला २३० रुपैयाँ घटेको छ । गत सोमबार चाँदी प्रतितोला ४ हजार १८५ रुपैयाँमा कारोबार भएकोमा आज ३ हजार ९५५ रुपैयाँमा झरेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij