चालु आर्थिक वर्षको तीन महिनामा आठ अर्ब ३२ करोड राजस्व संकलन

चालु आर्थिक वर्षको तीन महिनामा आठ अर्ब ३२ करोड राजस्व संकलन

शुक्रवार, आश्विन ३० २०८३
शुक्रवार, आश्विन ३० २०८३
  • चालु आर्थिक वर्षको तीन महिनामा आठ अर्ब ३२ करोड राजस्व संकलन

    मुस्ताङ । मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षको तीन महिनामा आठ अर्ब ३२ करोड ८३ लाख राजस्व संकलन गरेको छ ।

    नेपाल–चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ–४ न्हेचुङस्थित मुस्ताङ भन्सार कार्यालयले उक्त राजस्व जम्मा गरेको हो । मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुडालका अनुसार चालु आव २०८३/०८४ को साउन महिनादेखि असोज २७ गतेसम्म उक्त राजस्व जम्मा भएको जानकारी दिए ।

    कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आवमा नौ अर्ब राजस्व जम्मा गर्ने लक्ष्य राखेको छ । कार्यालयले तीन महिना नपुग्दै (९३.५३) प्रतिशत राजश्व जम्मा गर्न सफल भएको छ ।

    लक्ष्य पूरा हुुन ६७ करोड १७ लाख अर्थात (७.४६) प्रतिशत मात्रै राजस्व जम्मा गर्न बाँकी छ । उल्लेखनीय राजश्व वृद्धि हुनुको मुख्य कारण तातोपानी नाका र रसुवागढी नाका बन्द भएकाले हो । तातोपानी र रसुवागढी नाका पूर्ण रुपमा बन्द हुँदा त्यहाँबाट हुने निकासी तथा पैठारी मार्ग कोरलानाका विकल्प बनेको छ ।

    चालु वर्षको साउन महिनादेखि असोज २७ गतेसम्मको अवधिमा  १९ अर्ब ४० करोड ६७ लाख बराबरको मालवस्तु पैठारी भएको छ । यसैगरी ३७ लाख ७८ लाख मूल्य बराबरको मालवस्तु नेपालबाट चीनतर्फ निकासी भएको भन्सार विभागले जनाएको छ ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij