काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य १,१०० र चाँदीको मूल्य २२० ले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहीबार छापावाल सुन प्रतितोला दुई लाख ८८ हजार ४०० र चाँदीको मूल्य रु चार हजार ३५ कायम रहेको छ ।
बुधबार छापावाल सुन प्रतितोला रु दुई लाख ८९ हजार ५०० र चाँदीको मूल्य रु चार हजार २५५ थियो ।