चार लाख भारतीय रकमसहित एक जना पक्राउ

चार लाख भारतीय रकमसहित एक जना पक्राउ

बिहिवार, श्रावण ७ २०८३
बिहिवार, श्रावण ७ २०८३
  • चार लाख भारतीय रकमसहित एक जना पक्राउ

    काठमाडौँ । नेपाल प्रहरीले अवैध कारोबारमा संलग्न भएका आरोपमा नेपालगञ्जस्थित बसपार्क क्षेत्रबाट एक जनालाई पक्राउ गरेको छ। बसपार्कको न्यू लक्ष्मी होटेल एण्ड लजका कर्मचारी वीरबहादुर राउतलाई चार लाख भारतीय रुपैयाँसहित बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ ।

    उनले बसपार्क क्षेत्रमा अवैध कारोबार भइरहेको छ भन्ने विशेष सूचनाका आधारमा ८०० थान भारतीय ५०० का नोटसहित राउतलाई पक्राउ गरिएको हो । लजका सञ्चालक धर्मराज बस्नेतले जाजरकोटाबाट आएका छ जना ठेकेदारको जिम्मामा रहेका करिब ५० जना श्रमिकलाई भारतीय रुपैयाँ आवश्यक परेकाले रकम संकलन गरी सटहीका लागि कर्मचारी राउतलाई पठाइएको प्रहरीले जनाएको छ । हाल उनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij