भक्तपुरमा निःशुल्क स्वास्थ शिविर, १६५ जना लाभान्वित

भक्तपुरमा निःशुल्क स्वास्थ शिविर, १६५ जना लाभान्वित

आइतवार, आषाढ २८ २०८३
आइतवार, आषाढ २८ २०८३
  • भक्तपुरमा निःशुल्क स्वास्थ शिविर, १६५ जना लाभान्वित

    भक्तपुर । दिक्षा (गौरी) हाडा मेमोरियल फाउन्डेसन नेपालको आयोजनामा शनिबार निशुल्क स्वास्थ शिविर सम्पन्न भएको छ । भक्तपुरको इताछेस्थित फाउन्डेसनको प्राङ्गणमा आयोजित स्वास्थ्य शिविरबाट १६५ जना सर्वसाधारण लाभान्वित भएका छन् ।

     शिविरमा दन्त परीक्षण, रक्तचाप, डायबिटिज परीक्षण तथा आवश्यक स्वास्थ्य परामर्श सेवा प्रदान गरिएको फाउन्डेसनका सस्थापक राजेश हाडाले जानकारी दिए । समाज डेन्टल हस्पिटलको विस्तारित सेवामार्फत विशेषज्ञ दन्त परीक्षण सेवा उपलब्ध गराइएको थियो भने म्याग्नस फर्मा, क्वेस्ट फर्मास्युटिकलस तथा नेसन हेल्थ केयर प्रालीले निःशुल्क औषधि उपलब्ध गराएका थिए । 

    helth-3.jfif

    फाउन्डेसनकी बोर्ड सदस्य डा. दिव्या शर्माले शिविरमा स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरेकी थिइन । उनकै सक्रिय सहभागिताले शिविरलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेलेको फाउन्डेसनले जनाएको छ । त्यसैगरी फाउन्डेसनका सदस्य अवद्वराज ज्ञवालीले औषधिको व्यवस्थापन तथा उपलब्ध गराउने कार्यमा विशेष सहयोग गरेका थिए । 

    शिविरमा वरिष्ठ नर्स निभा पालिखेल र शुभद्रा प्रधानले निरन्तर सेवा प्रदान गरेका थिए । फाउन्डेसनले कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण संस्था, चिकित्सक, स्वास्थ्यकर्मी, स्वयंसेवक, सहयोगी तथा स्थानीयवासीप्रति हार्दिक आभार व्यक्त गरेको छ । 

    helth-2.jfif

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij