पेप्सीकोलास्थित गोदाममा आगलागी, करिब १ करोड ७३ लाखको क्षति

पेप्सीकोलास्थित गोदाममा आगलागी, करिब १ करोड ७३ लाखको क्षति

सोमवार, आषाढ १५ २०८३
सोमवार, आषाढ १५ २०८३
  • पेप्सीकोलास्थित गोदाममा आगलागी, करिब १ करोड ७३ लाखको क्षति

    काठमाडौँ । पेप्सीकोला क्षेत्रमा रहेको एक व्यापारिक गोदाममा आगलागी हुँदा करिब १ करोड ७३ लाख रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ। प्रहरीका अनुसार सूर्यमुखी चोकमा अवस्थित माँ ट्रेडस र तलेजु भवानी ट्रेड कन्सर्न प्रालिको गोदाममा आगलागी भएको हो।

    घटनाका कारण गोदाममा रहेका सामग्रीमा क्षति पुगेको प्रहरीले जनाएको छ। प्रारम्भिक मूल्यांकन अनुसार आगलागीबाट करिब १ करोड ७२ लाख ८१ हजार रुपैयाँ बराबरको आर्थिक नोक्सानी भएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij