घुस लिएको अभियोगमा मुद्दा दायर

घुस लिएको अभियोगमा मुद्दा दायर

शुक्रवार, आषाढ ५ २०८३
शुक्रवार, आषाढ ५ २०८३
  • घुस लिएको अभियोगमा मुद्दा दायर

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादवविरुद्ध घुस लिएको अभियोगमा मुद्दा दायर गरेको छ ।

    सडक ढलान योजनाको कार्य सम्पन्नपश्चात् भुक्तानी गर्ने प्रयोजनका क्रममा विभिन्न बहाना बनाई दुःख दिई सेवाग्राहीसँग  ७२ हजार घुस लिएको अभियोग लागेको छ ।

    आयोगको बर्दिबासबाट खटिएको टोलीले प्रमुख प्रशासकीय अधिकृत यादवलाई सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको थियो । आयोगले आरोपी प्रमुख प्रशासकीय अधिकृत यादवविरुद्ध बिगोबमोजिम कैद सजायको समेत माग गरी मुद्दा दायर गरेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij