इन्द्रचोकको सुन पसलमा पेस्तोल देखाएर लुटपाट गर्ने दुई जना पक्राउ

इन्द्रचोकको सुन पसलमा पेस्तोल देखाएर लुटपाट गर्ने दुई जना पक्राउ

बुधवार, बैशाख २३ २०८३
बुधवार, बैशाख २३ २०८३
  • इन्द्रचोकको सुन पसलमा पेस्तोल देखाएर लुटपाट गर्ने दुई जना पक्राउ

    काठमाडौँ । इन्द्रचोकस्थित एक ज्वेलरी (गहना पसल)मा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    भक्तपुरको ठिमी नगरपालिका-९ बोडे बस्ने ३० वर्षीय विकेश राजवाहक, काठमाडौँ डल्लु बस्ने ३४ वर्षीय अरुण भुजेललाई जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले पक्राउ गरेको हो ।

    प्रहरीका अनुसार उनीहरूले १७ वैशाखमा इन्द्रचोकको एक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुट्ने प्रयास गरेका थिइन् । सो क्रममा पसलमा रहेकी महिलाले उनीहरूलाई प्रतिकार गर्दै भगाएकी थिइन् ।

    यसअघि यही समूहले २१ पुसमा काठमाडौँ-२५ मांसान गल्लीमा रहेको होलसेल पसलमा यसैगरी पेस्तोल ताक्दै २ तोलाको सुनको सिक्री, नगद ४ लाख, २ थान मोबाइल र सीस क्यामेरा समेत लुटेर लगेको पाइएको प्रहरीले जनाएको छ ।

    उनीहरूमाथि चाइनिज पेस्तोल, पेस्तोलमा लाग्ने म्यागजिन १ थान, गोली १ थान, नक १ थान, घटनामा प्रयोग भएका कपडाहरू र घटनामा प्रयोग भएको स्कुटर पनि बरामद गरिएको छ ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij