वीरगञ्जमा झगडा हुँदा एक जनाको मृत्यु

वीरगञ्जमा झगडा हुँदा एक जनाको मृत्यु

शुक्रवार, माघ २३ २०८२
शुक्रवार, माघ २३ २०८२
  • वीरगञ्जमा झगडा हुँदा एक जनाको मृत्यु

    वीरगञ्ज  ।  वीरगञ्ज महानगर–१३ राधेमाईस्थित कर्बोला अगाडि मोटरसाइकल पार्किङको विषयमा झगडा भएर कुटपिट हुँदा ६५ वर्षीय एक जनाको मृत्यु भएको छ । झगडाका क्रममा केपी चन्द राउत बरईको मृत्यु भएको हो । 

    पर्सा प्रहरीका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता हरिबहादुर बस्नेतले पार्किङको विषयमा कुटपिट हुँदा गम्भीर घाइते भएका बरईको उपचारको क्रममा वीरगञ्जको तराई अस्पतालमा निधन भएको जानकारी दिए । 

    बरईलाई कुटपिटमा संलग्न रहेको भन्दै पर्सा प्रहरीले वीरगञ्ज महानगर–२३ प्रसौनी बस्ने ३२ वर्षका मुन्ना भन्ने अर्जुन यादवलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भइरहेको प्रवक्ता बस्नेतले बताए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij