उज्यालो पार्टी जनताको अपेक्षा केन्द्रमा राखेर अघि बढ्दै छः अध्यक्ष घिसिङ

उज्यालो पार्टी जनताको अपेक्षा केन्द्रमा राखेर अघि बढ्दै छः अध्यक्ष घिसिङ

बिहिवार, माघ २२ २०८२
बिहिवार, माघ २२ २०८२
  • उज्यालो पार्टी जनताको अपेक्षा केन्द्रमा राखेर अघि बढ्दै छः अध्यक्ष घिसिङ

    महेन्द्रनगर  । उज्यालो पार्टीका अध्यक्ष कुलमान घिसिङले जनताको अपेक्षा र आवश्यकतालाई केन्द्रमा राखेर पार्टी अघि बढिरहेको उल्लेख गर्दै सुशासन, पारदर्शिता र विकासलाई प्राथमिकतामा राख्ने बताएका छन् ।

    आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उनले समसामयिक राजनीतिक अवस्था र पार्टीको आगामी कार्ययोजनाबारे धारणा राखेका छन् ।

    पत्रकार सम्मेलनमा अध्यक्ष घिसिङले मधेस क्षेत्रको विकास, रोजगारी सिर्जना र युवाको सहभागिता बढाउन विशेष कार्यक्रम ल्याइने जानकारी दिए ।
     
    वर्तमान राजनीतिक व्यवस्थाप्रति जनतामा बढ्दो निराशालाई सम्बोधन गर्न वैकल्पिक राजनीति आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । साथै, उज्यालो पार्टी जनताको आवाज बनेर जिम्मेवार भूमिकामा प्रस्तुत हुने प्रतिबद्धता व्यक्त गरे ।

    पत्रकार सम्मेलनमा स्थानीय पत्रकारको उपस्थिति रहेको थियो भने उनीहरूले उठाएका प्रश्नको अध्यक्ष घिसिङले स्पष्ट जवाफ दिएका थिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij