आज विश्व क्यान्सर दिवस : क्यान्सरबाट हरेक वर्ष दश लाख मानिसको मृत्यु

आज विश्व क्यान्सर दिवस : क्यान्सरबाट हरेक वर्ष दश लाख मानिसको मृत्यु

बुधवार, माघ २१ २०८२
बुधवार, माघ २१ २०८२
  • आज विश्व क्यान्सर दिवस : क्यान्सरबाट हरेक वर्ष दश लाख मानिसको मृत्यु

    काठमाडौँ ।  आज विश्व क्यान्सर दिवस हो । यो रोगप्रति चेतना अभिवृद्धि गर्ने, यसको रोकथाम, समयमै पहिचान र उपचारमा जोड दिने उद्देश्यका साथ हरेक वर्ष फेब्रुअरी ४ का दिन विश्वभर विश्व क्यान्सर दिवस विविध चेतनामूलक कार्यक्रमका साथ मनाइन्छ ।

    सन् २००० मा फ्रान्सको पेरिसमा आयोजित ‘नयाँ सहस्राब्दीका लागि क्यान्सरविरुद्ध विश्व शिखर सम्मेलन’बाट पारित ‘चार्टर अफ पेरिस अगेन्स्ट क्यान्सर’ पछि यो दिवस चेतनामूलक कार्यक्रमका साथ मनाउन प्रारम्भ भएको हो ।

    विश्व स्वास्थ्य सङ्ठन (डब्ल्यूएचओ)का अनुसार हरेक वर्ष करिब १० लाख मानिसको  क्यान्सरका कारण मृत्यु हुने गरेएको छ ।  धूमपान, तमाखु सेवन, अस्वस्थ जीवनशैली यो रोगका प्रमुख कारण हुन् । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij