७६ जना उमेदवारको नाम समानुपातिक बन्दसूचीबाट हट्यो

७६ जना उमेदवारको नाम समानुपातिक बन्दसूचीबाट हट्यो

सोमवार, माघ १९ २०८२
सोमवार, माघ १९ २०८२
  • ७६ जना उमेदवारको नाम समानुपातिक बन्दसूचीबाट हट्यो

    काठमाडौं । निर्वाचन आयोगले ७६ जनाको नाम समानुपातिक बन्दसूचीबाट हटाएको छ । चारजना उमेर नपुगेका, एकजना मतदाता नामावलीमा नाम नभएकाकालाई आयोगले बन्द सूचिबाट नाम हटाएको हो ।   

    त्यसैगरी कालोसूचीमा रहेका २१, जरिवाना नतिरेका १२, महिलाको स्थानमा पुरूष राखिएका एक जनाको नाम हटाइएको आयोगले जनाएको छ । त्यसैगरी प्रदेशतर्फको समानुपातिक बन्दसूचीमा रहेका २६ जनाको नाम समेत हटाइएको छ । 

    समानुपातिक निर्वाचन प्रणालीतर्फका सहायक निर्वाचन अधिकृत यज्ञप्रसाद भट्टराईका अनुसार, ०७९ को निर्वाचनमा उमेदवार भई खर्च विवरण सार्वजनिक नगरेपछि आयोगले जरिवाना लगाएको थियो । त्यो जरिवाना नबुझाई अहिले उमेदवार बनेकालाई समानुपातिक बन्दसूचीबाट हटाइएको  भट्टराईले जानकारी दिए । 

    आयोगले गत माघ ४ मा आगामि फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत  समानुपातिकतर्फका उमेदवारको सूची सार्वजनिक गरेको थियो । समानुपातिकतर्फ ११० जना उमेदवार विजयी हुने व्यवस्था छ ।
    समानुपातिक बन्दसूचीमा कुल ३२ सय १३ उमेदवारको नाम आयोगले सार्वजनिक गरेको थियो ।  

    समानुपातिक निर्वाचन प्रणालीका लागि आवश्यक पर्ने दुई करोड आठ लाख ५४ हजार ८००  मतपत्र छाप्ने काम सम्पन्न भइसकेको आयोगले जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij