काठमाडौं । भोली मंगलबार पहाडी र हिमाली भेगमा वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागले सो जानकारी दिएको हो ।
विभागका वरिष्ठ बिभागका मौसमविद् वरुण पौडेलका अनुसार मंगलबार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही ठाउँमा हिमपात तथा वर्षा हुने सम्भावना रहेको छ । त्यस्तै लुम्बिनी, बागमती र कोसी प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा र हिमपात हुने बिभागले जनाएको छ।
पौडेलका अनुसार यसपटकको प्रणाली गत साताको जति बलियो नभएकाले गतसाताभन्दा कमै वर्षा तथा हिमपात हुने अनुमान छ।
माघ २१ गतेदेखि भने मौसम क्रमिक रूपमा सुधार हुँदै जाने सम्भावना देखिएको बिभागको भनाइ छ ।