राजनीतिक प्रभाव र दबाबमा नपरी कानुनको मर्मअनुसार जिम्मेवारी निर्वाह गर्न प्रधानमन्त्रीको निर्देशन

राजनीतिक प्रभाव र दबाबमा नपरी कानुनको मर्मअनुसार जिम्मेवारी निर्वाह गर्न प्रधानमन्त्रीको निर्देशन

सोमवार, माघ १९ २०८२
सोमवार, माघ १९ २०८२
  • राजनीतिक प्रभाव र दबाबमा नपरी कानुनको मर्मअनुसार जिम्मेवारी निर्वाह गर्न प्रधानमन्त्रीको निर्देशन
    काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक प्रभाव र दबाबमा नपरी पूर्वाग्रहभन्दा माथि उठेर कानुनको मर्मअनुसारको जिम्मेवारी निर्वाह गर्न प्रहरी सङ्गठनलाई निर्देशन दिए। राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा आज प्रहरी निरीक्षक आधारभूत तालिम १–१८३औँ समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वतन्त्र, विश्वसनीय र निश्पक्ष वातावरणमा सम्पन्न गराउन निर्देशन दिए।
     
     “आसन्न निर्वाचन नेपाली लोकतन्त्रको उदाहरणीय र मानक बन्नुपर्छ । चुनावमा एक थोपा पनि रगत बग्नु हुँदैन, एक जना पनि घाइते हुनुहुँदैन”, प्रधानमन्त्री कार्कीले भने । उनले कर्तव्य पालनाका सिलसिलामा प्रहरी सङ्गठनबाट गरिएका सबै व्यावसायिक क्रियाको जिम्मा राज्यले लिने स्पष्ट पारे ।
     
    “प्रहरीको शक्ति हतियारमा होइन, कानुनमा हुन्छ, लाठ्ठीमा होइन, आचरणमा हुन्छ । कठोर परिस्थितिमा पनि संयम्, विवेक र न्यायको मार्ग पहिल्याउन सक्ने प्रहरी नै साँचो अर्थमा नेपाल प्रहरी हो”, प्रधानमन्त्री कार्कीले भने । उहाँले विगतका कमजोरी नदोहो¥याउने र भविष्यमा प्रहरीलाई अझ विश्वसनीय, जनमुखी र लोकतान्त्रिक बनाउँदै लैजानुपर्ने आवश्यकता औँल्याए ।
     
    प्रधानमन्त्री कार्कीले चुनौती र आलोचनाको बाबजुद नेपाल प्रहरीले पछिल्लो समय आफूलाई पुनःसंयोजन गर्दै अझ मजबुद, सङ्गठित र विश्वसनीय संस्थाका रूपमा स्थापित गर्न अग्रसर भइरहेको बताए ।
           
    “प्रहरी र समुदायबीचको नाता कसिलो छ भन्ने पनि भदौ २३ र २४ गतेपछि थप प्रमाणित भएको छ । आन्दोलनका दौरान क्षतिग्रस्त भएका धेरै प्रहरी संरचना समुदायले रातारात पुनःनिर्माण गरिदिएको छ”, उनले भने, “यो भनेको प्रहरी सङ्गठनले आजसम्म आर्जन गरेको साख र विश्वासको नतिजा हो । यसलाई अक्षुण्ण राख्ने प्रत्येक प्रहरी कर्मचारीको उत्तिकै भूमिका रहन्छ ।”
     
     प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले संविधानले प्रत्याभूत गरेको हकअधिकारको संरक्षण गर्दै जिम्मेवार उत्तरदायी र जवाफदेही भई कार्यसम्पादन गर्न नवनियुक्त प्रहरी अधिकृतलाई निर्देशन दिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij