भक्तपुर । चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ। चलचित्र पत्रकार संघ, नेपालका निवर्तमान अध्यक्ष ४५ वर्षीयसिटौलाको आइतबार करिव १ बजे निधन भएको हो । ग्रान्डी इन्टरनेसनल अस्पतालले जारी गरेको प्रेस विज्ञप्तिमा सो जानकारी दिइएको छ । सिटौला
राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को चुनावी यात्राका क्रममा सुदूरपश्चिम भ्रमणमा गएका वेला माघ १६ गते बिहान अछाममा बेहोस भएका थिए।
बेहोस भएर ढलेपछि अछाम जिल्ला अस्पताल लगिएका सिटौलाको मुटुको चाल फर्किएपछि कृत्रिम श्वास दिएर सेनाको हेलिकप्टरमार्फत सुर्खेत लगिएको थियो। त्यहाँ पनि उपचार सम्भव नभएपछि काठमाडौँको ग्राण्डी अस्पताल ल्याइएको थियो।
‘द सिनेमा टाइम्स अनलाइन’ पोर्टलका सम्पादक र अध्यक्ष रहेका सिटौला नेपाल टेलिभिजनमा चलचित्र सम्बन्धी कार्यक्रम चलाएका थिए। अन्तिम श्रद्धाञ्जलीका लागि उनको पार्थिव शरीर आज दिउँसो साढे २ देखि ३ बजेसम्म चलचित्र विकास बोर्डमा राखिने भएको छ ।