चुनावका लागि कांग्रेसले केन्द्रीय नेतृत्वलाई देशभर परिचालन गर्ने

चुनावका लागि कांग्रेसले केन्द्रीय नेतृत्वलाई देशभर परिचालन गर्ने

शनिवार, माघ १७ २०८२
शनिवार, माघ १७ २०८२
  • चुनावका लागि कांग्रेसले केन्द्रीय नेतृत्वलाई देशभर परिचालन गर्ने

    काठमाडौं । आउँदो फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले केन्द्रीय तहबाट देशभर संगठन परिचालन गर्ने निर्णय गरेको छ। पार्टीले केन्द्रीय पदाधिकारी, सदस्य तथा परिचालन समितिका सदस्यहरूलाई सबै जिल्ला र निर्वाचन क्षेत्रमा खटाउने तयारी गरेको हो।

    शनिबार कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता देवराज चालिसेले निर्वाचनमा प्रभावकारी भूमिका निर्वाह गर्न केन्द्रीय नेतृत्वलाई जिल्ला–क्षेत्रस्तरमा जिम्मेवारीसहित परिचालन गरिने जानकारी दिए।

    उनले जनताको विश्वासबाट स्थापित राजनीतिक दल कहिल्यै पुरानो नहुने स्पष्ट पार्दै समयसँगै व्यक्तिहरू मात्र परिवर्तन हुने बताए। “पार्टी पुरानो हुँदैन, विचार र नेतृत्वलाई नयाँ बनाउँदै लैजानु पर्छ,” चालिसेले भने, “विश्वका पुराना दलहरूमा पनि नयाँ नेतृत्व उदाएर भविष्य निर्माण हुने प्रक्रिया निरन्तर चलिरहेकै हुन्छ।”

    लोकतन्त्रमा मतदाताको भूमिका निर्णायक हुने उल्लेख गर्दै उनले आगामी निर्वाचनले देशको भावी बाटो तय गर्ने बताए। “नागरिकको मतले देशको दिशा निर्धारण गर्छ,” उनले भने, “कांग्रेस नै देशको भविष्य हो भन्ने विश्वासका साथ हामी चुनावी प्रतिस्पर्धामा उत्रिएका छौं।”

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij