युवा संघको अध्यक्षमा गुरुङ चयन

युवा संघको अध्यक्षमा गुरुङ चयन

शुक्रवार, माघ १६ २०८२
शुक्रवार, माघ १६ २०८२
  • युवा संघको अध्यक्षमा गुरुङ चयन

    काठमाडौँ । राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय युवा परिषद् प्रथम बैठकले उपाध्यक्ष महाराज गुरुङलाई संघको अध्यक्ष चयन गरेको छ ।

    नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का महासचिव शंकर पोखरेल, सचिव महेश बस्नेत, सचिव भानुभक्त ढकाललगायत नेताहरूको उपस्थितिमा भएको बैठकमा अध्यक्ष क्षितिज थेबेले उपाध्यक्ष गुरुङलाई नेतृत्व हस्तान्तरण गरेका हुन् । 

    संघको गत जेठ १४ गते पोखरामा सम्पन्न दसौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित थेबे आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा ताप्लेजुङबाट नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का उम्मेदवार रहेका छन् । अध्यक्षको जिम्मेवारी पाएलगत्तै गुरुङले पद तथा गोपनीयताको शपथ पनि लिएका छन्।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij