काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने अस्पतालबाट डिस्चार्ज भएका छन् । त्रिवी शिक्षण अस्पताल स्रोतका अनुसार, लामिछाने बिहीबार साँझ डिस्चार्ज भएका हुन् ।
माघ ५ गते जनकपुरमा आयोजित पार्टीको चुनावी सभामा सहभागी हुने क्रममा उनको खुट्टामा चोट लागेको थियो । त्यसक्रममा देब्रे खुट्टामा घाउ भएको र त्यो निको नभएर छालामा इन्फेक्सन भएपछि लामिछाने अस्पताल भर्ना भएका थिए ।
औषधी खाँदा पनि निको नभएपछि लामिछानेलाई अस्पतालको हाडजोर्नी विभागमा भर्ना गरिएको थियो । उनलाई नसाबाट औषधि चलाइएको अस्पताल श्रोतले जनाएको छ ।