नेपाल प्रहरीको रासन सुविधा बढाउने सरकारको निर्णय

नेपाल प्रहरीको रासन सुविधा बढाउने सरकारको निर्णय

बिहिवार, माघ १५ २०८२
बिहिवार, माघ १५ २०८२
  • नेपाल प्रहरीको रासन सुविधा बढाउने सरकारको निर्णय

    काठमाडौँ । नेपाल प्रहरीको रासन बढ्ने भएको छ । सरकारले आगामी फागुनदेखि लागू हुनेगरी रासन स्केल र रासन बापतको दैनिक रकम वृद्धि गर्ने निर्णय गरेको हो ।  

    बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । सरकारका प्रवक्ता समेत रहेका गृहमन्त्री ओमप्रकाश अर्यालले फागुन १ गतेदेखि लागू हुने गरी नेपाल प्रहरीको रासन स्केल र रासन बापतको दैनिक रकम वृद्धि गर्ने निर्णय गरिएको बताए ।  

    मन्त्रिपरिषद्ले नेपाल स्टक एक्सचेन्ज लिमिटेडको पुनर्संरचना सम्बन्धी सुझाव समिति–२०८२ ले पेस गरेको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय समेत गरेको मन्त्री अर्यालले बताए । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij