भिजिबिलिटी नहुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै उडान अवरुद्ध

भिजिबिलिटी नहुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै उडान अवरुद्ध

बिहिवार, माघ १५ २०८२
बिहिवार, माघ १५ २०८२
  • भिजिबिलिटी नहुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै उडान अवरुद्ध

    काठमाडौँ । बाक्लो कुहिरोका कारण भिजिबिलिटी (पारदर्शिता) घट्दा काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै उडान अवरुद्ध भएको छ। 

    नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार विमानस्थल बिहान एकछिन खुले पनि कुहिरोका कारण भिजिबिलिटी ८ सय मिटरमा झरेकाले यहाँबाट हुने राष्ट्रिय/अन्तर्राष्ट्रिय सबै हवाई उडान ठप्प भएको छ।

    अहिले काठमाडौँमा कुनै पनि हवाईजहाज उड्न वा अवतरण गर्न सकेका छैनन्। तराईलगायत अन्य स्थानमा पनि बाक्लो हुस्सु-कुहिरो लागेकाले अहिले देशका अन्य विमानस्थलमा पनि उडान हुन सकेकाे छैन्

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij