रास्वपा सभापति लामिछानेको अस्पतालमा भर्ना, कस्तो छ स्वास्थ्यावस्था ?

रास्वपा सभापति लामिछानेको अस्पतालमा भर्ना, कस्तो छ स्वास्थ्यावस्था ?

बुधवार, माघ १४ २०८२
बुधवार, माघ १४ २०८२
  • रास्वपा सभापति लामिछानेको अस्पतालमा भर्ना, कस्तो छ स्वास्थ्यावस्था ?

    काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति  रवि लामिछानेको स्वास्थ्यावस्था सामान्य रहेको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालले जनाएको छ । 

    देब्रे खुट्टामा सङ्क्रमण (सेलुलाइटिस) देखिएपछि उनी हिजोदेखि  अस्पताल  भर्ना भई उपचाररत छन् । अस्पतालका प्रवक्ता डा गोपाल सेढाईंले लामिछानेको स्वास्थ्यावस्था सामान्य रहेको जानकारी दिए । उनको नशाबाट आइभी एन्टिबायोटिकमार्फत उपचार भइरहेको अस्पतालले जनाएको छ ।

    माघ ५ गते जनकपुरमा आयोजित कार्यक्रममा सहभागी हुने क्रममा लामिछानेको देब्रे खुट्टामा चोट लागेको थियो । औषधि सेवन गर्दा पनि सञ्चो नभएपछि सङ्क्रमण बढेर सेलुलाइटिस भएपछि अस्पतालमा भर्ना भएको पार्टीका सहप्रवक्ता प्रतिभा रावलले बताए । 

    उनका अनुसार चिकित्सकको सल्लाहअनुसार सङ्क्रमण जोखिमयुक्त हुनसक्ने भएकाले केही दिन अस्पतालमै निगरानीसहित उपचार भइरहेको छ । “चोट आफैँमा गम्भीर नभए पनि सङ्क्रमण फैलिनसक्ने सम्भावनालाई ध्यानमा राख्दै पूर्ण उपचार र स्वास्थ्य सुधारपछि मात्र सभापति पुनःनियमित राजनीतिक तथा साङ्गठनिक गतिविधिमा फर्किनु हुनेछ”, सहप्रवक्ता रावलले भने । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij