काठमाडौं । गोरखापत्र संस्थानको अध्यक्षमा पत्रकार गोविन्दप्रसाद भण्डारी (अखण्ड) नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई संस्थानको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हाे ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको पुस २८ गते बसेको मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ, ‘‘गोरखापत्र संस्थानको अध्यक्ष पदमा श्री गोविन्दप्रसाद भण्डारी, भक्त्तपुरलाई तोक्ने ।’’ सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रस्तावमा सो निर्णय भएको हो ।