रास्वपासँगको सहकार्य टुटेपछि उज्यालो नेपालको नेतृत्व कुलमान घिसिङलाई

रास्वपासँगको सहकार्य टुटेपछि उज्यालो नेपालको नेतृत्व कुलमान घिसिङलाई

शनिवार, पौष २६ २०८२
शनिवार, पौष २६ २०८२
  • रास्वपासँगको सहकार्य टुटेपछि उज्यालो नेपालको नेतृत्व कुलमान घिसिङलाई

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको पार्टी एकता प्रक्रिया विफल भएपछि उज्यालो नेपाल पार्टीले नेतृत्व परिवर्तन गर्दै कुलमान घिसिङलाई पार्टी अध्यक्ष बनाउने निर्णय गरेको छ ।

    पार्टी प्रवक्ता डा. राजु थापाका अनुसार अध्यक्ष नियुक्तिसम्बन्धी औपचारिक घोषणा केहीबेरमै गरिने छ। यसका लागि आज दिउँसो ४ बजे उज्यालो नेपालको केन्द्रीय समिति आकस्मिक बैठक बोलाइएको छ । बैठकको निर्णयपछि कुलमान घिसिङले आजै पत्रकार सम्मेलन गर्ने तयारी रहेको जनाइएको छ ।

    रास्वपा र उज्यालो नेपालबीच विगतमा भएको सहमति कार्यान्वयन तथा पूरक सम्झौतामा सहमति नजुटेपछि दुवै पार्टीबीचको सहकार्य टुङ्गिएको हो । सहकार्य अन्त्य भएपछि रास्वपाले आकस्मिक सचिवालय बैठक बोलाएको छ भने उज्यालो नेपालको केन्द्रीय कमिटी बैठक पनि जारी छ । केन्द्रीय कमिटी बैठकले कुलमान घिसिङलाई अध्यक्ष घोषणा गर्ने निर्णय गर्नेछ । निर्णय सार्वजनिक गरेपछि साँझ साढे पाँच बजे त्रिपुरेश्वरस्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरिने तयारी छ ।

    उज्यालो नेपाल पार्टी निर्वाचन आयोगमा दर्ता हुँदा अध्यक्षमा अनुप उपाध्यायको नाम दर्ता गरिएको थियो । रास्वपा र उज्यालो नेपालबीच गत पुस १४ गते पार्टी एकताको सहमति भएको थियो, तर पछिल्ला घटनाक्रमसँगै सो सहकार्य औपचारिक रूपमा अन्त्य भएको हो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij