दाहालको सम्मानमा कांग्रेसको विशेष महाधिवेशनका औपचारिक कार्यक्रम आजलाई स्थगित

दाहालको सम्मानमा कांग्रेसको विशेष महाधिवेशनका औपचारिक कार्यक्रम आजलाई स्थगित

शनिवार, पौष २६ २०८२
शनिवार, पौष २६ २०८२
  • दाहालको सम्मानमा कांग्रेसको विशेष महाधिवेशनका औपचारिक कार्यक्रम आजलाई स्थगित

    काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनका ओपचारिक कार्यक्रम आजलाई स्थगित भएका छन् । 

    नेपाली कांग्रेसका नेता, प्रजातान्त्रिक आन्दोलनका योद्धा एवं अग्रज पत्रकार होमनाथ दाहालको निधन भएका कारण शोक मनाउन आजका औपचारिक कार्यक्रम स्थगित गरिएको संचार तथा प्रचारप्रसारसमिति संयोजक सुवासकुमार पोखरेलले जानकारी दिए । 

    दाहालको ८४ वर्षको उमेरमा निधन भएको हो । पोखरेलले भोलि र पर्सी हुने विशेष महाधिवेशन भने यथावत् रहेको जानकारी दिए । 

    प्रचारप्रसार सदस्यसचिव माधव चम्लागाईंका अनुसार आज र्यालीसहितका कार्यक्रम आयोजना गर्ने कार्यक्रम थियो ।  

    विशेष महाधिवेशन भृकुटीमण्डपमा आइतबार र सोमबार हुँदैछ । त्यसका लागि अधिकांश जिल्लाबाट महाधिवेशन प्रतिनिधिहरु काठमाडौं आइसकेका छन् । दोस्रो विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका संयोजक मनोजमणि आचार्यले दाहालको सम्मानमा आजका पदयात्रा लगायतका सम्पूर्ण औपचारिक कार्यक्रम स्थगित भएको जनाए ।

    73317a88-faaa-4d78-b810-d87fe7ce30f9.jpg

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij