वरिष्ठ पत्रकार होमनाथ दाहालको निधन

वरिष्ठ पत्रकार होमनाथ दाहालको निधन

शनिवार, पौष २६ २०८२
शनिवार, पौष २६ २०८२
  • वरिष्ठ पत्रकार होमनाथ दाहालको निधन

    काठमाडौं । वरिष्ठ पत्रकार तथा प्रेस स्वतन्त्रता र लोकतन्त्रका लागि आजीवन संघर्षरत होमनाथ दाहालको उपचारका क्रममा वीर अस्पताल लैजाँदै गर्दा निधन भएको छ । उनको आजै पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।

    वि.सं. १९९८ मा ओखलढुङ्गामा जन्मिनु भएका दाहाल पञ्चायतकालदेखि नै अन्यायविरुद्ध निर्भीक रूपमा कलम चलाउने पत्रकारका रूपमा परिचित थिए । “राष्ट्रपुकार साप्ताहिक”मार्फत आवाज उठाउँदा उनी पटक–पटक जेलसमेत परेका थिए ।

    नेपाल पत्रकार महासंघका पूर्वसभापति, गोरखापत्र संस्थानका पूर्व अध्यक्ष तथा महाप्रबन्धक रहेका दाहालले कृषि तथा सहकारी मन्त्रीका रूपमा पनि सेवा दिएका थिए । उनको निधनले नेपाली पत्रकारिता र लोकतान्त्रिक आन्दोलनमा अपूरणीय क्षति पुगेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij