आजको मौसम: देशभर आंशिक बदली, तराईमा हुस्सु–कुहिरोको प्रभाव

आजको मौसम: देशभर आंशिक बदली, तराईमा हुस्सु–कुहिरोको प्रभाव

शुक्रवार, पौष २५ २०८२
शुक्रवार, पौष २५ २०८२
  • आजको मौसम: देशभर आंशिक बदली, तराईमा हुस्सु–कुहिरोको प्रभाव

    काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ भने बाँकी पहाडी तथा हिमाली क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ। कोशी र मधेस प्रदेशका तराई भूभागका केही स्थानमा हुस्सु लागेको छ।

    आज दिउँसो तराई भूभागका अधिकांश स्थानहरूमा मध्यान्न सम्म हुस्सु तथा कुहिरो रहनेछ । कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

    आज राति तराई भूभागका केही स्थानहरूमा हुस्सु रहनेछ । बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij