नेपाल निर्यात परिषद्को अध्यक्षमा थपलिया

नेपाल निर्यात परिषद्को अध्यक्षमा थपलिया

बिहिवार, पौष २४ २०८२
बिहिवार, पौष २४ २०८२
  • नेपाल निर्यात परिषद्को अध्यक्षमा थपलिया
    काठमाडौँ । नेपाल निर्यात परिषद्को अध्यक्षमा डा रामशरण थपलिया निर्वाचित भएका छन् । 
     
    परिषद्को बुधबार सम्पन्न २८औँ वार्षिक साधारणसभाले निर्विरोध रुपमा थपलियाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । परिषद्को प्रथम उपाध्यक्षमा हरिप्रसाद ढकाल, द्वितीय उपाध्यक्षमा हरि ढकाल, महासचिव वसन्तराज अधिकारी, कोषाध्यक्षमा राजु बाँनिया, सचिवमा अमृतमान श्रेष्ठ  र सहकोषाध्यक्षमा हरिशरण भेटवाल निर्वाचित  भएका छन् ।
     
    परिषद्ले नेपालमा उत्पादित हस्तकलाका सामान, फेल्ट, धातुका सामग्री, गार्मेन्ट, नेपाली ढाकाका कपडा, उलनका हाते उत्पादनलगायतका सामाग्री विदेशमा निर्यात गर्दै आएको छ । ती सामाग्री आर्थिक वर्ष २०८१/८२ मा रु दुई खर्ब ७७ अर्ब तीन करोड र चालु आवको चार महिनामा रु ९३ अर्ब ५० करोडको सामान विभिन्न मुलुक निर्यात भएको थियो । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij