आयल निगमको वार्षिकोत्सवको पूर्व सन्ध्यामा खुल्ला रक्तदान, १६७ प्रिन्ट रगत सङ्कलन

आयल निगमको वार्षिकोत्सवको पूर्व सन्ध्यामा खुल्ला रक्तदान, १६७ प्रिन्ट रगत सङ्कलन

बिहिवार, पौष २४ २०८२
बिहिवार, पौष २४ २०८२
  • आयल निगमको वार्षिकोत्सवको पूर्व सन्ध्यामा खुल्ला रक्तदान, १६७ प्रिन्ट रगत सङ्कलन

    काठमाडौं । नेपाल आयल निगम लिमिटेडको ५६ औं वार्षिकोत्सवको पूर्व सन्ध्यामा खुल्ला रक्तदान कार्यक्रम आयोजना गरिएको छ । निगमको केन्द्रीय कार्यालय बबरमहलमा बुधबार आयोजना गरिएको रक्तदान  कार्यक्रममा १६७ जनाले रक्तदान गरे । 

    नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्तसञ्चार सेवाको प्राविधिक सहयोगमा  सञ्चालन गरिएको कार्यक्रममा निगमका कर्मचारी, कर्मचारी परिवार, बबरमहल क्षेत्रका अन्य कार्यालयका कर्मचारी तथा निगम सम्बध्द अन्य व्यक्तिहरूले रक्तदान गरेका थिए । नगमका प्रबक्ता मनोज ठाकुरका अनुसार, विगत देखि नै निगमले प्रत्येक वार्षिकोत्सवको पूर्वसन्ध्यमा रक्तदान कार्यक्रम आयोजना गर्दै आई रहेको छ । 

    निगमले आफ्नो व्यावसायिक जिम्मेवारीका साथसाथै सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता मानवीय कार्यहरूलाई निरन्तरता दिदै आएको ठाकुरको भनाइ छ।


    रक्तदान ​कार्यक्रमको शुभारम्भ गर्दै निगम सञ्चालक समितिका अध्यक्ष डा। रामप्रसाद घिमिरेले रगतको अभावमा कसैले पनि ज्यान गुमाउनु नपरोस् भन्ने हेतुले यस्ता कार्यक्रमहरु निरन्तर भइरहनुपर्नेमा जोड दिए । निगमले यस प्रकारको रक्तदान कार्यक्रम नियमित गर्दै जान घिमिरेले निगमलाई सुझाव दिए ।


    निगमका  कार्यकारी निर्देशक डा. चण्डीका प्रसाद भट्टको अध्यक्षतामा सम्पन्न ​रक्तदान कार्यक्रमका संयोजक नायव कार्यकारी निर्देशक नागेन्द्र साहले समय समयमा देखिने गरेको रगतको अभावलाई कम गर्न  सबै स्वस्थ व्यक्तिले नियमित रूपमा रक्तदान गर्न आग्रह गरे ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij