काठमाडौं । ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्री कुलमान घिसिङले राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री सुशीला कार्कीलाई राजीनामा बुझाएका हुन् ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उमेदवारी दिनका लागि उनले राजीनामा दिएका हुन् । भदौ ३० गते मन्त्रीको सपथ ग्रहण गरेका मन्त्री घिसिङले बुधबार बेलुका पत्रकार सम्मेलन गरेर राजीनामा दिएको घोषणा गरे ।
प्रधानमन्त्री कार्यालयले कुलमानले राजीनामा दिएको तस्बिर सार्वजनिक गरेको छ । उनले आफ्नै नेतृत्वमा नयाँ दल उज्यालो नेपाल दर्ता गराएका थिए । पछिल्लो समय भने रास्वपासँग एकता गरेर रास्वपा उपसभापति बनेका छन् ।
गैरदलीय सरकारमा दलका नेता मन्त्री भएको भन्दै चौतर्फी आलोचना भएपछि घिसिङले राजीनामा दिएका हुन् ।