पिकनिक गएर फर्कदै गरेको बस काठमाडौँको शङ्खरापुरमा दुर्घटना

पिकनिक गएर फर्कदै गरेको बस काठमाडौँको शङ्खरापुरमा दुर्घटना

बुधवार, पौष २३ २०८२
बुधवार, पौष २३ २०८२
  • पिकनिक गएर फर्कदै गरेको बस काठमाडौँको शङ्खरापुरमा दुर्घटना

    काठमाडौं ।  काठमाडौँको शङ्खरापुर नगरपालिका–३ मा बस दुर्घटना भएको छ ।

    आज साँझ शङ्खरापुर नगरपालिका–३ फेदी जङ्गलस्थित सडकमा जर्सिपौवाबाट साँखुतर्फ पिकनिक गएर फर्कदै गरेको बा४ख ८७८८ नम्बरको महानगर यातायात बस दुर्घटना भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले दिए ।

    उनले भने, “बस सडकबाट करिब १०० मिटर तल खस्दा दुर्घटना भएको छ । घटनास्थलबाट सबैलाई उद्धार गरी विभिन्न अस्पतालमा पठाइएको छ । बस घटनास्थलमै रहेको र अन्य विवरण आउन बाँकी छ ।”

    उक्त बस दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता सुवेदीले बताए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij