टी-२० विश्वकपका लागि नेपाली टोली घोषणा, को को परे ?

टी-२० विश्वकपका लागि नेपाली टोली घोषणा, को को परे ?

बुधवार, पौष २३ २०८२
बुधवार, पौष २३ २०८२
  • टी-२० विश्वकपका लागि नेपाली टोली घोषणा, को को परे ?

    काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रीकेट खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ । भारत र श्रीलंकामा हुने टी-२० विश्वकपको लागि नेपालले १५ सदस्यीय ठोली घोषणा गरेको हो । 

    नेपाल क्रीकेट संघ क्यानले मंगलबारसाँझ  रोहित पौडेलको कप्तानीमा नेपाली टोलीको घोषणा गरेको हो । टोलीको उपकप्तानमा दीपेन्द्र सिंह ऐरी रहेका छन्। 

    त्यस्तै टोलीमा सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, सोमपाल कामी परेका छन् । त्यसैगरी  करण केसी, नन्दन यादव, गुल्शन झा, ललित राजशी र लोकेश बमले पनि टोलीमा स्थान बनाएका छन्।

    नेएनपीएलको दोस्रो संस्करणमा उत्कृष्ट प्रदर्शन गरेका शेर मल्ल पहिलोपटक राष्ट्रिय टोलीमा परेका छन् । सोहि लिगमा उत्कृष्ट प्रदर्शन गरेका बसिर अहमदले पनि टिममा स्थान बनाएका छन्। 

    घोषणामा नेपाल प्रीमियर लिग एनपीएलको दोस्रो संस्करणमा उत्कृष्ट प्रदर्शन गरेका शेर मल्ल पहिलोपटक राष्ट्रिय टोलीमा परेका छन् । 

    एनपीएलको उपाधी लुम्बिनी लायन्सलाई जिताउन शेरले उत्कृष्ट प्रदर्शन गरेका थिए । शेर मल्ल पहिलोपटक राष्ट्रिय टोलीमा परेका हुन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij