गैरीगाउँको आगलागी नियन्त्रणमा, क्षतिको विवरण सङ्कलन हुँदै

गैरीगाउँको आगलागी नियन्त्रणमा, क्षतिको विवरण सङ्कलन हुँदै

मंगलवार, पौष २२ २०८२
मंगलवार, पौष २२ २०८२
  • गैरीगाउँको आगलागी नियन्त्रणमा, क्षतिको विवरण सङ्कलन हुँदै

    काठमाडौं । काठमाडौँको सिनामङ्गल नजिकै गैरीगाउँस्थित काठको गोदाममा लागेको आगो नियन्त्रणमा आएको छ । 

    जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार दिउँसो ३ः१५ बजे लागेको आगो ४ः४५ बजे नियन्त्रणमा आएको हो ।

    ईश्वरबहादुर कार्कीको कार्गोमा प्रयोग हुने काठको गोदाममा आगलागी भएको र सो आगलागीबाट गोदाम पूर्ण रुपमा नष्ट भएको पनि उनले बताए । 

    आगलागीबाट जोडिएको लोयला सेकेन्डरी स्कुलको भवनमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ ।  दमकलको सहयोगमा सुरक्षा निकाय र स्थानीयले आगो नियन्त्रणमा लिइएको तर क्षतिको विवरण भने आइनसकेको प्रवक्ता भट्टराईले बताए । विवरण सङ्कलनमै रहेको उनले बताए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij