वीरगन्जमा लम्ब्याइयो कर्फ्यु

वीरगन्जमा लम्ब्याइयो कर्फ्यु

मंगलवार, पौष २२ २०८२
मंगलवार, पौष २२ २०८२
  • वीरगन्जमा लम्ब्याइयो कर्फ्यु

    काठमाडौं । पर्साको वीरगन्ज क्षेत्रमा कर्फ्युको अवधि लम्ब्याइएको छ । प्रमुख जिल्ला अधिकारी भोला दाहालले मंगलबार (पुस २२) बेलुका ६ बजेसम्म लागु हुने गरी कर्फ्यु आदेश जारी गरेका हुन् ।

    उनले यसअघि मंगलबारै दिउँसो १ बजेसम्म कर्फ्यु आदेश जारी गरेका थिए । सोमबार ९पुस २१० साँझ ६ बजेदेखि जारी कर्फ्युलाई दोस्रोपटक निरन्तरता दिइएको हो ।

    वीरगन्ज महानगरपालिका क्षेत्रभित्र चार किल्ला तोकेर कर्फ्यु लगाइएको छ । “।।।सो सिमानाभित्र कसैले आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यु आदेशलाई निरन्तरता दिइएको छ,” आदेशमा उल्लेख छ ।

    धनुषामा हिन्दु र मुस्लिम समुदायबीच यसअघि विवाद भएको थियो । सोही घटनापछि वीरगन्जमा तनाव हुँदा कर्फ्यु लगाइएको हो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij