नेपाली सेनाका अमलदारको मृत्यु

नेपाली सेनाका अमलदारको मृत्यु

सोमवार, पौष २१ २०८२
सोमवार, पौष २१ २०८२
  • नेपाली सेनाका अमलदारको मृत्यु
    मुगु, । जिप दुर्घटनामा नेपाली सेनामा कार्यरत सवारी चालक हरिसिंह ऐडीको मृत्यु भएको छ । यहाँस्थित हनुमानध्वज गुल्म हुटु रारादेखि भुलभुलेसम्म सैनिक पु¥याउन गएको जिप फर्किने क्रममा दुर्घटना हुँदा ऐडीको मृत्यु भएको मुगुका प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले जानकारी दिए ।
     
    बैतडीको पाटन–४ बगाडी स्थायी ठेगाना भएका चालक ऐडीलाई मुगु अस्पतालले सोमबार बिहान १ बजेर ३० मिनेटमा मृत घोषणा गरेको थियो । न१झ १०३९ नम्बरको बोलेरो रारा छायानाथ नगरपालिका–७ मा रहेको पिना प्रहरी चौकीदेखि अगाडि आल्लाधुना खोलाको मोडमा दुर्घटनामा परेको थियो ।
     
    आइतबार बेलुकी ७ बजे जिप दुर्घटनामा परेको थियो । त्यसपछि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली घटनास्थलमा पुगेर उद्धार गरेको थियो । बोलेरो सडकदेखि २०० मिटर तल खसेको थियो । दुर्घटनामा घाइते भएका ऐडीलाई राति १० बजे नै मुगु अस्पतालमा पु¥याइएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij