जिल्ला प्रशासनद्वारा वीरगञ्ज महानगरमा निषेधाज्ञा जारी

जिल्ला प्रशासनद्वारा वीरगञ्ज महानगरमा निषेधाज्ञा जारी

सोमवार, पौष २१ २०८२
सोमवार, पौष २१ २०८२
  • जिल्ला प्रशासनद्वारा वीरगञ्ज महानगरमा निषेधाज्ञा जारी

    वीरगञ्ज (पर्सा ) । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगर क्षेत्रमा आज दिउँसोदेखि निषेधाज्ञा जारी गरेको छ । 

    वीरगञ्ज महानगर क्षेत्रमा दुई समुदायबीच हुन सक्ने सम्भावित मुडभेडलाई लक्षित गर्दै निषेधाज्ञा जारी गरेको हो । पछिल्लो समय यहाँ दुई समुदायबीच विरोध प्रदर्शनका कार्यक्रम हुँदै आइरहेका छन् । 

    पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जिल्ला सुरक्षा समितिको निर्णयानुसार आज दिउँसो १ बजेदेखि अर्को आदेश नभएसम्म वीरगञ्ज महानगर क्षेत्रमा चार किल्ला तोकेर कुनै किसिमको भेला गर्न, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी निषेधाज्ञा जारी गरिएको बताए ।

     सुरक्षा समितिले पूर्वमा बसपार्क, पश्चिममा सिर्सियापुल, उत्तरमा पावर हाउसचोक र दक्षिणमा शङ्कराचार्यगेट क्षेत्रमा कुनै पनि प्रकारको सभा, सम्मेलन, जुलुस तथा धर्ना गर्न नपाइने जनाएको छ । 

    प्रजिअ दाहालले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३ क) बमोजिम निषेधाज्ञा आदेश गरी गरिएको बताउनुभयो । उनले आदेशलाई उल्लङ्घन गर्नेलाई नियन्त्रणमा लिई कानुन बमोजिम कारबाही गरिने जानकारी दिए।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij