काठमाडौं । भदौ २३ र २४ को जेन जेड आन्दोलनको घटना छानबिनका लागि गठन भएको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि पत्र पठाएको छ । आयोगले आइतबार तत्कालीन प्रधानमन्त्री ओलीलाई बयानका लागि पत्र पठाएको हो ।
सार्वजनिक रूपमै बयान दिन नजाने, बताउँदै आएका ओलीलाई आयोगले सात दिनभित्र जवाफ दिनुपर्ने समयसीमा तोकेर पत्र पठाएको हो । आयोगले उसअघि तत्कालीन गृहमन्त्री रमेश लेखक लगायतका सुरक्षा निकायका प्रमुखसँग बयान लिइसकेको छ ।
पुर्वमन्त्री लेखकको बयान सकिएसँगै पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले ओलीलाई बषानका लागि पत्र काटेको हो ।