प्रतिनिधिसभा निर्वाचनका लागि सबै जिल्लामा निर्वाचन अधिकृत नियुक्त

प्रतिनिधिसभा निर्वाचनका लागि सबै जिल्लामा निर्वाचन अधिकृत नियुक्त

आइतवार, पौष २० २०८२
आइतवार, पौष २० २०८२
  • प्रतिनिधिसभा निर्वाचनका लागि सबै जिल्लामा निर्वाचन अधिकृत नियुक्त

    काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मुख्य जिल्ला निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृत नियुक्त भएका छन् । निर्वाचनआयोगको बैठकले प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गतको निर्वाचनका लागि जिल्ला न्यायाधीश र नेपाल न्याय सेवाका उपसचिव तहका कर्मचारी गरी १६५ जनालाई मुख्य जिल्ला निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृत नियुक्त गरेको हो । 

    कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६ अनुसार मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकिएको हो। संविधान, ऐन तथा संघीय कानुनबमोजिम निर्वाचनसम्बन्धी कार्य सम्पादन गर्न वा गराउन आयोगले प्रत्येक जिल्लामा एक जना मुख्य निर्वाचन अधिकृत र प्रत्येक निर्वाचन क्षेत्रमा एक जना निर्वाचन अधिकृत नियुक्त गर्ने व्यवस्था छ। 

    ‘आयोगले निर्वाचन अधिकृत नियुक्त गर्दा न्याय परिषद्को परामर्शमा जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृतका रूपमा नियुक्त गर्दै आएको छ । त्यसैगरी न्याय सेवा आयोगको परामर्शमा नेपाल न्याय सेवाका राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतलाई निर्वाचन अधिकृतका रूपमा नियुक्त गर्ने’ व्यवस्था छ। 

    त्यस्तै, निर्वाचन अधिकृतले आयोगले तोकेबमोजिमको संख्यामा सहायक निर्वाचन अधिकृत तथा अन्य कर्मचारी नियुक्त गर्नेगर्दछन । यसैबीच, निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र मर्यादित रूपमा सम्पन्न गर्न निर्वाचन आयोगले १० संवैधानिक आयोगसँग छलफल गरेको छ । 

    संवैधानिक आयोगका प्रमुखहरूसँग भएको छलफलमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले तोकिएको मितिमा निर्वाचन सम्पन्न गराउन सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेका थिए ।

    137c1201-2f94-46c2-9386-6b94558fbcaa.jfif

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij