अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न राजवंशी पक्राउ

अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न राजवंशी पक्राउ

शुक्रवार, पौष १८ २०८२
शुक्रवार, पौष १८ २०८२
  • अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न राजवंशी पक्राउ

    काठमाडौं ।  गैरकानुनी रूपमा अन्तरराष्ट्रिय आगमन कल बाइपास (भिओआइपी) सञ्चालन गर्ने एक युवा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले नेपाल टेलिकम र एनसेलको सहयोगमा काठमाडौँको ज्ञानेश्वरबाट झापाका राजन राजवंशीलाई आज पक्राउ गरेको हो ।

    काठमाडौँ महानगरपालिका–३० ज्ञानेश्वरस्थित सलिना राईले सञ्चालन गरेको एक कम्पनीमा इन्टरनेट प्रयोग गरी कल बाइपास गरेको प्रहरीले जनाएको छ । कल बाइपास गर्ने उपकरणसहित पक्राउ परेका उनलाई दूरसञ्चार ऐन, २०५३ अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको छ ।

    प्रहरीले उनको साथबाट विभिन्न कम्पनीको राउटर र एडप्टर, कम्प्युटर, युपिएसलगायत उपकरण बरामद गरेको ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij