यस्तो छ आज देशभरको मौसम

यस्तो छ आज देशभरको मौसम

आइतवार, पौष ६ २०८२
आइतवार, पौष ६ २०८२
  • यस्तो छ आज देशभरको मौसम

    काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    हाल देशको पहाडी र हिमाली भूभागमा आंशिक बदली रही तराई भूभागमा मा हुस्सु लागेको छ ।

    आज दिउँसो देशभर आंशिक बदली रहने छ । राति पनि देशभर आंशिक बदली रहने महाशाखाको भनाइ छ  । 

    देशका तराई भूभागमा तापक्रम हल्का घट्ने तथा हुस्सु लाग्ने सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा बिहानको समयमा आंशिक प्रभाव पर्न सक्ने महाशाखाले जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij