झापामा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

झापामा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

शनिवार, पौष ५ २०८२
शनिवार, पौष ५ २०८२
  • झापामा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

    झापा । झापाको बिर्तामोड–६ मा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

    आज साँझ पूर्व–पश्चिम राजमार्गअन्तर्गत गिरीबन्धु टी–स्टेट नजिक चारआलीबाट बिर्तामोडतर्फ आउँदै गरेको मे ५ प ६२२२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए । 

    दुर्घटनामा मोटरसाइकलमा सवार भद्रपुर नगरपालिका–५ निवासी २५ वर्षीय भूपाल अधिकारी र हालसम्म नाम, थर तथा वतन नखुलेका अन्दाजी २६ वर्षीय एक पुरुष गम्भीर घाइते भएका थिए । घाइते दुवैलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएकामा चिकित्सकले दुवैलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ । 

    मृतक दुवै जनाको शव हाल सोही अस्पतालको शवगृहमा राखिएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij