ट्रम्पले रोके अमेरिकी डीभी लोटरी

ट्रम्पले रोके अमेरिकी डीभी लोटरी

शुक्रवार, पौष ४ २०८२
शुक्रवार, पौष ४ २०८२
  • ट्रम्पले रोके अमेरिकी डीभी लोटरी

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले डाइभर्सिफाइड भिसा लटरी (डिभी) स्थगित गरेका छन् । ब्राउन युनिभर्सिटीमा दुई जनाको ज्यान जानेगरी गोलीकाण्ड भएपछि ट्रम्पले ‘ग्रीन कार्ड लटरी’ योजना स्थगित गर्ने निर्णय गरेका हुन् ।

    ब्राउन युनिभर्सिटी घटनाका संदिग्ध ४८ वर्षीय पोर्चुगिज नागरिक क्लाउडियो नेभेस भालेन्ते बिहीबार मृत अवस्थामा फेला परेका थिए । उनी सन् २०१७ मा विविधता लटरी आप्रवासी भिसा कार्यक्रम (डीभी) मार्फत् अमेरिका प्रवेश गरी ग्रीन कार्ड पाएका थिए ।

    यो कार्यक्रमअन्तर्गत अमेरिकामा आप्रवासन दर कम भएका देशका आवेदकहरूमध्येबाट चिठ्ठा प्रणाली मार्फत प्रत्येक वर्ष अधिकतम ५० हजार भिसा उपलब्ध गराइन्छ । नेपालीहरू पनि डीभी परेर अमेरिका जाने र ग्रीनकार्ड पाएर बस्ने गरेका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij