जलनमा परेका १८ वर्षमुनिका बालबालिकालाई निःशुल्क उपचार गरिने

जलनमा परेका १८ वर्षमुनिका बालबालिकालाई निःशुल्क उपचार गरिने

शुक्रवार, मंसिर ५ २०८२
शुक्रवार, मंसिर ५ २०८२
  • जलनमा परेका १८ वर्षमुनिका बालबालिकालाई निःशुल्क उपचार गरिने

    काठमाडौं। सुष्मा कोइराला मेमोरियल अस्पतालले जलनमा परेका १८ वर्षमुनिका बालबालिकालाई निःशुल्क उपचार गर्ने भएको छ ।

    अस्पतालका प्रशासन प्रमुख प्रफुल्ल शर्माले आगोले पोलेका तथा अन्य कुनै कारणले जलनमा परेका बालबालिकालाई निःशुल्क उपचारको व्यवस्था गरिएको जानकारी दिए । गतवर्ष १४२ बालबालिकालाई निःशुल्क उपचार गरेको पनि उनले बताए ।

    अस्पतालका मेडिकल निर्देशक डा सन्तोष भण्डारीले १८ वर्षमुनिका जलनका विरामीलाई शल्यक्रिया, बेड, ड्रेसिङ, औषधिलगायत सेवा निःशुल्क उपलब्ध गराइने बताए ।

    जलनका विरामीलाई उपचार गराउने मुख्य लक्ष्यसहित सन् १९९७ मा स्थापना भएको उक्त अस्पतालले हालसम्म पाँच लाखभन्दा बढी जलनका विरामीलाई उपचार प्रदान गरिसकेको जनाइएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij