मनास्लु क्षेत्रमा एक विदेशी पर्यटक पहिरोमा पुरिइन्

मनास्लु क्षेत्रमा एक विदेशी पर्यटक पहिरोमा पुरिइन्

शुक्रवार, कार्तिक १४ २०८२
शुक्रवार, कार्तिक १४ २०८२
  • मनास्लु क्षेत्रमा एक विदेशी पर्यटक पहिरोमा पुरिइन्

    गोरखा । मनास्लु क्षेत्रमा एक विदेशी पर्यटक पहिरोमा पुरिएकी छन् । चुमनुब्री–३ न्याक फेदीनेर खसेको पहिरोले चेक रिपब्लिककी ५४ वर्षीया क्याटरिना रस्कोभा पुरिएकी उनका गाइड रमेश भट्टले जानकारी दिए  ।

    न्याक फेदीभन्दा केहीमाथि भिरमा आज दिउसो २ः०० बजेतिर घटना भएको उनले बताए । “भिरबाट झरेको ढुङ्गाले उनलाई पुरेको छ । टाउको मात्र देखिएको छ, उनले भने, “उहाँको श्रीमान् र मचाहिँ सकुशल छौँ ।” 

    त्यतिबेला ठूलो पर्यटकको समूह रहेको उनले बताए । “उहाँ पुरिए पनि पहिरोको डरले कसैले उद्धार गर्न सकेनन्”, उनले भने । घटनास्थल बस्तीबाट धेरै टाढा रहेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गद बरालले जानकारी दिए । त्यसतर्फ फिलिम चौकीबाट प्रहरी पठाइसकिएको उनले बताए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij