अविरल वर्षाका कारण बिपी राजमार्ग दुईतर्फी रुपमा नै अवरुद्ध

अविरल वर्षाका कारण बिपी राजमार्ग दुईतर्फी रुपमा नै अवरुद्ध

शुक्रवार, कार्तिक १४ २०८२
शुक्रवार, कार्तिक १४ २०८२
  • अविरल वर्षाका कारण बिपी राजमार्ग दुईतर्फी रुपमा नै अवरुद्ध

    काठमाडौं । बिहीबारदेखि परेको अविरल वर्षासँगै बिपी राजमार्ग अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले वर्षासँगै आएको लेदोका कारण बिपी राजमार्ग दुईतर्फी रुपमा नै अवरुद्ध भएको जनाएको छ ।

    कार्यालयका प्रहरी नायब उपरीक्षक रबिन बिष्टले वर्षासँगै राजमार्गको विभिन्न स्थानमा आएको आएको पहिरो र लेदोका कारण राजमार्ग दुईतर्फी नै अवरुद्ध भएको बताए । राजमार्गको चौकीडाँडा, चार सय बेसी, डालाबेसी, बिरुवा डाँडा बोक्सीकुना, नार्केलगायतको स्थानहरूमा पहिरो तथा लेदो खसी दुईतर्फी रुपमा सडक अवरोध भएको छ ।

    प्रहरी नायब उपरीक्षक बिष्टले अवरुद्ध सडक सुचारु गर्नका समय लाग्ने जानकारी दिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij