नागरिक उड्डयन महानिर्देशक प्रदीप अधिकारीमाथि दुर्व्यवहार

नागरिक उड्डयन महानिर्देशक प्रदीप अधिकारीमाथि दुर्व्यवहार

सोमवार, कार्तिक ३ २०८२
सोमवार, कार्तिक ३ २०८२
  • नागरिक उड्डयन महानिर्देशक प्रदीप अधिकारीमाथि दुर्व्यवहार

    काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीमाथि एक युवकले दुर्व्यवहार गरेको घटना सार्वजनिक भएको छ ।

    सोमबार साँझ सातदोबाटोस्थित एन्फा नजिक घर जाने क्रममा आफूलाई ‘जेनजी’ भनेर परिचय दिने युवकले अधिकारीमाथि दुर्व्यवहार गरेका हुन् ।

    घटनापछि अधिकारीले सुरक्षा निकायलाई जानकारी दिएका छन् । जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार घटनाबारे अनुसन्धान सुरु गरिएको छ र आसपासका सिसिटिभी फुटेजहरूका माध्यमबाट थप विवरण खोजी भइरहेको छ ।

    महानिर्देशक अधिकारी अहिले सुरक्षित अवस्थामा आफ्नै घरमा छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij