एमाले नेताहरूद्वारा काँग्रेस पार्टी कार्यालय अवलोकन

एमाले नेताहरूद्वारा काँग्रेस पार्टी कार्यालय अवलोकन

शुक्रवार, आश्विन ३ २०८२
शुक्रवार, आश्विन ३ २०८२
  • एमाले नेताहरूद्वारा काँग्रेस पार्टी कार्यालय अवलोकन

    पाटन (ललितपुर) । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायत नेताहरूले काँग्रेस पार्टी कार्यालयको अवलोकन गरेका छन्  ।

    आज बिहान ‘जेन जेड’ प्रदर्शनका क्रममा जलाइएको काँग्रेस केन्द्रीय कार्यालय सानेपा पुगेर उनीहरूले आवश्यक जानकारी लिएका हुन् । 

     

    उपाध्यक्षद्वय गुरु बराल, अष्टलक्ष्मी शाक्य, महासचिव शंकर पोखरेल, विदेश विभाग प्रमुख राजन भट्टराई, नेता अमृतकुमार बोहरालगायत नेताहरू अवलोकनमा गएका थिए । 

    उनीहरूलाई काँग्रेस कोषाध्यक्ष उमेश श्रेष्ठ र केन्द्रीय कार्यालय सचिव प्रदीप पराजुलीले क्षतिको जानकारी गराएका थिए । “एउटै समूहले योजनाबद्ध रूपमा क्षति पुर्‍याएको हो । पहिलो, दोस्रो र तेस्रो पटकसम्म उनीहरू आएर सामग्री लुटेर लगे, चौथोपटक आएर आगो लगाइदिए”, श्रेष्ठले भने ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij