काठमाडौं । नेपाल प्रहरीका ४८ जना अधिकृतहरूको सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालयले मातहत कार्यरत ४८ जना प्रहरी उपरीक्षक(एसपी)हरुको सरुवा गर्ने निर्णय गरेको हो ।
जसअनुसार १४ जिल्लाका प्रहरी प्रमुखहरू परिवर्तन भएका छन् । प्रहरी महानिरीक्षकको भदौ ३१ को निर्णयअनुसार यो सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । सो निर्णय अनुसार जिल्ला प्रहरी कार्यालय भक्तपुरमा सूर्य बहादुर खड्कालाई पठाइएको छ । सुवासचन्द्र बोहरालाई मकवानपुरमा सरुवा गरिएको छ ।





