कोटेश्वरको भाटभटेनीमा भेटिएको शवको पहिचान खुल्यो

कोटेश्वरको भाटभटेनीमा भेटिएको शवको पहिचान खुल्यो

बिहिवार, आश्विन २ २०८२
बिहिवार, आश्विन २ २०८२
  • कोटेश्वरको भाटभटेनीमा भेटिएको शवको पहिचान खुल्यो

    काठमाडौं ।  काठमाडौं महानगरपालिका–३२ कोटेश्वरस्थित भाटभटेनीको चौथो तलामा बुधबार बिहान भेटिएको शवको पहिचान खुलेको छ ।

    उक्त शव रामेछाप खाडादेवी गाउँपालिका–६ घर भई हाल ललितपुर च्यासल बस्ने अन्दाजी २२ वर्षीय विकास रसाइलीको पुष्टि भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले राससलाई जानकारी दिए ।

    उनले भने, “आज बिहान अन्दाजी ९ः३० बजेको समयमा कोटेश्वर भाटभटेनीको चौथो तलामा शव जली अस्थिपञ्जर मात्र बाँकी रहेको अवस्थामा फेला परेको थियो । आवश्यक प्रक्रियापश्चात उक्त शव रामेछाप खाँडादेवी गाउँपालिका–६ का २२ वर्षीय विकास रसाइलीको रहेको पुष्टि भएको हो ।”

    उक्त शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज (टिचिङ) मा पठाइएको प्रवक्ता बोहराले बताए।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij